12. Oktober 2014

लुसाटियामा खजाना खोजी





यो कथा जर्मनीको सबैभन्दा ठूलो रहस्य र एक काण्ड र सर्बियेली

Tomaš Kappa / टोमास काप्पा / Ralph Th. Kappler




एक हजार वर्षभन्दा बढी हामी प्यारा दाजुभाइ जस्तो भएर बाच्यैँ। तिमी, तिमीले मैलो सास फेरेको सह्यै। र मैले तिम्रो रिस सहेँ। (हाइनरिश हाइने)



यो कथा जर्मनीको सबैभन्दा ठूलो रहस्य र एक काण्ड र सर्बियेली जनताप्रतिको
यसको ब्यवहारको बारेमा हो।उनीहरूलाइ जर्मन भीडका सामू अफ्ना लोक न्रीत्य
प्रस्तुत गर्न दिइन्छ।अफ्नो अल्पसङ्ख्यक हकअधिकार र लुसाटियामा प्रसस्त
खनिज तत्व भएतापनि जर्मन अधिकारीहरूले सर्बियेली विद्ध्यालय तथा
शिशुलयहरू लगातार बन्द गरिरहेका छन्।



जर्मनीको एक राष्ट्रिय टेलिभिजन स्रोतले दिएको खबर अनुसार,नाजी कानुनका
मुताबिक पुर्ति गर्रन नसकिने जग्गा जमिन तथा थुप्रै सर्बियेली गाउँहरू
लगातार मासिँदै छन्।यीनिहरू लुसाटिया नामको जर्रमनीको एक क्षेत्रमा
बसोबास गर्ने सबैभन्दा साना स्लाभोनिक राष्ट्र तथा जर्मनीकै सबैभन्दा
अल्पसङ्ख्यक समूह हुन्।लुसाटियामा खेती गर्दै यीनिहरू अफ्नै स्लाभोनिक
संस्क्रिती छोड्न १५०० वर्षभन्दा बढी जर्मन दबाबमा बसोबास गर्दै अएका
छन्।







Lusatia briefing at Foreign Press Association,London May 2002
(Jan Nuk, Domowina Chairman, left / Tomaš Kappa / Ralph Thomas Kappler, centre)












कहिल्यै नहटेको नाजी कानुनले अहिलेसम्म लुसाटियाका थुप्रै निजी तरिकाले
बनाइएका घरहरू तथा बाणिज्य सम्पति जफत गर्न सम्भव गराएको छ।यस कानुनको
मूल उद्देश्य हिट्लरको युद्धमा प्रयोग हुने औजारमा लुसाटियाको खैरो कोइला
त्रिप्त गराउनु थियो।अहिलेको वर्तमान जर्मन सरकारले स्वेडिश राज्यको
उर्जा गुठी,भाटेनफाललाइ लुसाटियामा लक्सेम्बुर्ग जतिको  क्षेत्र नष्ट
गर्ने अनुमति दिएको छ।




Girl from Sorbian Lusatia (Foto by Iwajla Klinke)

















जर्मन पधाधिकारीहरूले सर्बियेलि जग्गाजमिन,संस्क्रिति र सम्पतिप्रतिको यस
भर्त्सनालाइ सर्वसाधारणका नजरबाट विधिपुर्वक लुकाइरहेको छ।स्विडेनको
उदाहरण मानिएको एक राज्यलाइ यस भर्त्सना र यस्तो हत्याउने नाजी कानुनबाट
फाइदा भइरहेको छ।यस सशक्त धम्कीबाट भइरहेको सम्पतिहरणका कारणले
भाटेनफालले त्यहाँ अवस्थित सर्बियेलीहरूलाइ डरत्रास देखाइ अफ्नो धरजग्गा
छोड्न बाध्य गराइरहेको छ।यतिकै कारणले स्वेडिश राष्ट्रलाइ सुन्दर भूगोल र
त्यहाँ अवस्थित मानिसका उपस्थितिमा अफ्नो खैरो कोइला खानी फैलाउने अवसर
प्राप्त हुन्छ।



सर्बियाको एक सङ्गठन,डोमोविनाका अध्यक्ष,जान नुकले वेलायतमा वैदेशिक
पत्रकार संघका माध्यमबाट चेतावनी दिएका छन् ,खनिजको दलानका कारण राज्यका
करिब एक चउथाइ बासिन्दालाइ अफ्नो घरजग्गा त्याग्न बाध्य गराइएको छ।हामी
सर्बियेलीहरूलाइ हदभन्दा बढी दबाब दिइएको छ।त्यसको केही समयपछि नै
बक्किङ्घम दरबारका ढोका सर्बियेली प्रतिनिधिका लागी खुल्ला
भए।सर्बियेलीले रानी एलिजाबेथ द्वितियको स्वर्ण महोत्सवका अवसरमा
बेलायतमा पहिलो पटक विदेशी उपहार ल्याएका थिए।दोस्रो विश्वयुध्दको
अन्त्यपछी सर्बियेलीले अङ्ग्रेजको राजधानीमा कुनै अभियान गरेका छैनन्।सन्
१९४६ मा उनीहरूले वेलायतमा प्रतिक्षा गरी लुसाटियालाइ चेकोस्लोभाकियासँग
मिलाउने निरर्थक प्रयास गरे।






136 destroyed Lusatian villages - Vattenfall's open-cast lignite mining


















अजको दिनसम्म लुसाटिया सङ्घिय राज्य ब्रान्डेनबुर्ग र साक्सोनीमा अवस्थित
छ।लुसाटिया जर्मनीको सबैभन्दा बढी सुन,तामा र भूमिगत स्रोतले धन्य
क्षेत्र हो।प्राक्रितिक स्रोतले धनी भएपनी कोइला खानीको उपस्थितिका कारण
लगातार यसलाइ अविकसित क्षेत्र मानी दबाइँदै अइएको छ।यद्यपी यस क्षेत्रले
साहसी नीतीको कमी भोगिरहेको छ।साम्यवादी शाशनको पतन भएको २० वर्षपछी पनी
सर्बियेलीको अफ्नो बैधानिक प्रजातान्त्रिक प्रतिनिधित्व छैन।



त्यहाँ केही अशाका सङ्केत पनी छन्।सर्बस्की सेजमिकले एक सर्बियेली संसद
निर्माणमा पहिलो क्रन्ति गरेका थिए।स्टानिस्लाभ टिलिश सर्बियेली मूलका
प्रथम मन्त्री अध्यक्ष थिए।धार्मिक बाधक मण्डली,सिल्बरमोन्डका गायकहरू
सर्बियेलीका बारेमा बोल्छन्।बिसोँ सताब्दीको फक्स स्टुडियोजले डानियेल
ब्रुल र रोबर्ट स्टाडलोबर जस्ता विभिन्न जर्मन कलाकारलाइ अक्रित गरी
क्राबाट नामक एक तलचित्र वितरण गरेको थियो।यद्यपी जर्मन चलचित्रकर्मीले
यो सर्वश्रेष्ठ बिक्री भएको चलचित्र क्राबाट मोलिक रूपले मर्सिन
नोभाकजेकोर्न्स्कीद्वारा प्रकाशित सर्बियेली स्वाधीनताको अदीकाव्य कथा
भएको कुरा उल्लेख गर्न असफल भए।






Lusatian Village - Associated Press AP



















नष्ट भएका १३६ गाउँहरू

वेरनेर डोमेन र उनकी श्रीमति होर्नोको सर्बियेली गाउँको अन्तिम निवासी
थिए।सत्तरी वर्षका यी अवकासित जोडीले त्यस बेला चलिरहेको खनिजकर्ताहरूको
धम्की तथा गर्जनतर्जन सहने पूर्ण प्रयास गरे।उनीहरूले अफ्नो धर अगाडी
एउटा ब्रिक्ष रूख विस्थापित त गरे जब की कोइला उत्खनन कोलाहल र अत्यन्त
बढी धूलो उपज गर्ने अवस्थामा पुगिसकेको थियो।त्यस बेला होर्नो उजाड र
युद्धले नष्ट बनाएझैँ भइसकेको थियो।



लुसाटियाको लिग्नाइट कोइलाको गर्तमा जर्मनीको मुटुमा अवस्थित १३६ गाउँ
बेपत्ता भए।जर्मनी,स्वयम् घोषित वातावरण प्रविधी तथा परिस्थितिक
प्रणालीको शुर।यस्ता क्रुर कार्यहरूले सर्बियेली मानिसहरूको बिघटनको गति
बढायो।www.VERSHWUNDENE-ORTE.DE नामक इन्टरनेट साइटमा
पब्लिक,बुकोभिना,होर्नो,बाराक,रोनभो अथवा लाकोमा जस्ता नष्ट भएका
सर्बिएली गाउँका सुरिला नामहरू भेट्टाउन सकिन्छ।



पराक्रम गर्न लायक कोइला नभए तापनी होर्नोलाइ स्वेडिश राज्यले स्वयम्
सञ्चालन गरेको उर्जा संस्थान,भाटेनफालले नष्ट पारिदियो।भाटेनफालले
साम्यवाद पतन हुँदा सम्पूर्ण पूर्विय जर्मनीको लगभग सबै उर्जाका
पुर्वाधार अफ्नो कब्जामा लियो।यसलाइ संयोग भन्न मिल्दैन, किनकी पूर्वीय
जर्मनीका केही अघिकांश मुख्य मन्त्रीहरूले यस पक्षबाट अफ्नो कार्यजीवन
तीब्र गतिले सपारे।स्विडेन पनी पूर्वीय जर्मन साम्यवादी शाशनका लागी एक
मुख्य पश्चिमेली व्यापारका सहभागी तथा प्रविधि वितरणकर्ता थियो।वर्तमान
समयमा भाटेनफालले सर्बियेली सञ्चार र शिक्षाका पुर्वाधारलाइ प्रयोजन
गर्छ,जसले सर्बियेलीको व्यक्तिगत प्रतिनिधित्वलाइ कमजोर बनाएको छ।लाउबाग
नामक लुसाटियाको एक खनिज संस्थाले अति मङ्लभाषी ढङ्गमा अफूले ७५० वर्ग
किलोमिटर जमिन विनियोजित गरेको घोषणा गर्यो।यस विशाल जमिन उत्खननको
मूलउद्देश्य राजनगरी हामबुर्ग जतिको क्षेत्र नष्ट पार्नु थियो।खनिज
पूनर्विकास संस्थाका प्रमुख,प्राध्यापक योअखिम काटचुर अघि बढ्दै एउटा
चाइट नामक अन्तर्वातामा भन्छन्, वास्तवमा यदी हामीले पनी त्यति जमिन
हेर्ने हो जसमा जमिन मूनिको पानिको प्रवाहमा अवरोध परेको छ, भने
लुसाटियाका खनिजकर्ताले योभन्दा चार गुना बढी जमिनमा प्रभाव पारेका छन्।



अतः लुसाटिया शहरको ३००० वर्ग किलोमिटरभन्दा बढी उर्वर जमिन निष्ठुर
कोइला खानीका लागी बलिदान र त्याग भए।प्रभाव परेको ३००० वर्ग किलोमिटर
जमिन लक्सेमबुर्गको अकारभन्दा बढी र प्यालेसटाइन राज्यको अधा भाग जति
थियो।लुसाटियाको समस्त अकारलाइ युरोपेली संघको बेलजियम नामक एक राष्ट्रको
अकारसँग तुलना गर्न सकिन्छ।खुल्ला लीग्नाइट खानीका गर्तको कारणले
जर्मनीमा हजरोँ वर्ग किलोमिटर उर्वर जमिन अल्प भएका छन्।प्रकृतिमा परेको
मानिसद्वारा रचित यो हस्तक्षेप बरफिलो युगदेखि भएको प्रीथ्वीको सतहको
सबैभन्दा ठूलो रूपान्तरण हो।







यदि हामीले विश्व जलवायु परिवर्तनलाइ गम्भीर रूपमा लिने हो भने,हामी
छिटोभन्दा छिटो यस लिग्नाइट कोइलाबाट टाढिनुपर्छ। ,भन्छन् जर्मन अर्थिक
अनुसन्धान विभागकी क्लउडिया केमफेर्ट। यसको निम्न दक्षता र बृहत हरितगृह
वायुको प्रवाहका कारण लिगनाइट कोइला जलवायुका लागी अत्याधिक हानिकारक
हुन्छ। अहिलेको वर्तमान समयमा हामीले जलवायु संरक्षणका लागी संघर्ष बाहेक
पनी बढी गुमाइरहेका छैँ। कारबोन क्यापचर एण्ड स्टोरेज(सि.सि.एस) जसलार्इ
भाटेनफालले अविस्कार गरेको थियो,एउटा भुनभुनाउँदो शब्द मात्र भएको छ।
यसको घोषित उद्येश्य कारबोनडाइअक्साइडको प्रवाह र यसको भूमिगत रूपमा
जम्मा हुने प्रकृयालाइ कम गराउनु थियो।



सि.सि.एस वास्तवमा नवीकरणीय उर्जा प्रविधिमा लागेको लगानी बन्द गरी
कुलिनतान्त्रिक जीवस्म शक्ति संरचना रोक्ने एक साधन हो। , बताउँछन् हरियो
दलका उर्जा विशेषज्ञ। साक्सोनीको एक संसदीय सुनुवाइ सि.सि.एसको मुद्दा
बनाउन असफल रह्यो। भाटेनफालका विशेषज्ञ,हुबेरटुस अल्टमानले संसदमा
सि.सि.एस प्रविधि यदी सम्भव भए पनी अर्को दशक अगाडि लागू गर्न नसकिने
कुरा स्वीकारे।





Sorbian Wendish village Horno - destroyed by Vattenfall (Foto Gerard Petit)




















मात्रियोश्का सिद्धान्त

सुन,प्लाटिनम,चाँदी,जिंक र २.७ लाख टन तामा जस्ता अरबोँ मूल्यका अनमोल
धातुहरू लुसाटियामा अविस्कार भएका थिए। अन्तराष्ट्रिय बजारले एक टन
तामाको भाउ दस हजार यूरोसम्म लगाउन सक्छ। कुपफेरशिफेर के.एस.एल संस्था
लिमिटेडले लुसाटियामा खनीजशास्त्रका हक लागू गर्यो। यद्यपी के.एस.एल
संदीग्ध मात्रियोश्का सिद्धान्तद्वारा सञ्चालित छ। के.एस.एल केवल
पानामानियन मिनेरा एस.ए को एक सहायक हो। मिनेरा एस.ए वास्तवमा क्यानाडियन
इनमेट खनिजको एक सहायक हो। र इनमेट खनिज जर्मन भूवर्ग वैज्ञानिक तथा यसका
मुख्य कार्यकारी अधिक्रित,अखेनका योखेन टिल्कद्वारा अघी बढाइएको छ।
नागरिक सहभागिताले मात्र करार पारदर्शिता प्रदान गर्न सक्छ। यदी काम र
नाफा प्रदान गर्न बाहेक यस क्षत्रका शिक्षा प्रणाली, विश्वविध्यालयहरू र
सर्बीएली भाषा उपक्रममा पर्याप्त लगानीको प्रवाह भइदिने हो भने,
लुसाटियाको निधीखोजले केही किसिमको सुखद अन्त्य भेटाउने थियो। नुकका
उत्तराधिकारी, डेविड स्टाटनिक माग गर्छन्, यदी कोइला, तामा र सुनका लागी
खनिज उपयोग गर्ने हक यदी संस्थाहरूलाइ दिइन्छ भने, उनीहरूले बावारिया र
उत्तर राइन वेस्टफालियामा गर्नुपर्ने जति नै लगानी लुसाटियामा गर्नुपर्ने
छ।



नाजीवाद, साम्यवाद र अहिले प्रभावमा अएको प्रजातन्त्र

सर्वहरू सताब्दियैँसम्म दबिएका थिए।उनीहरू अफ्नो भाषा प्रयोग गर्नबाट
निषेधित थिए। कुकुर र घोडा पाल्नबाट पनी उनीहरू निषेधित थिए। अलोक कालमा
एक संक्षिप्त उमङ्गपछि क्रुर जर्मन अत्मसात दबाब फेरी फर्कियो। साल ९३९
मा भएको एक मुख्य घटनामा जर्मन काउन्ट जिरोले ३० सर्ब राजकुमारलाइ एक
भोजमा निमन्त्रित गरेर उनीहरूको हत्या गरी अफ्नो सैनिकी योग्यताको वृद्धि
गरे।  यसरी जिरोले जर्मन जग्गा चोरीका विरूद्ध स्लाभ प्रतिरोध कटाए।



अजको अवस्था के छ? ,,शान्तीप्रिय क्रान्तीको दुइ दशकपछी पनी सर्ब भनी
स्वयम् निर्णयको हक हामीले पाएका छैनैँ।,, , भनी असन्तुष्टि प्रकट
गर्छन्, बेनेडिक्ट डिरलिश। सर्बियन कलाकार महासंघका सभापती भएका नाताले
उनी अफ्नै मातृभूमीमा पनी सर्बियेली प्रतिनिधित्वको कमी भएको कुरालाइ
अलोचना गर्छन्। सर्बियेली छाता संगठन, डोमोविना अहिलेसम्म जी.डि.अर जस्तो
जडता र शिर्ष गम्भीर राजनीतिमा अल्झिएको छ।



माकेस मेक्केल यस विषयमा निकै पोख्त छन्। उनी पहिलो पटक स्वतन्त्र रूपले
नियुक्त गरिएका पूर्व जर्मनीका विदेशमन्त्री भए र यसरी उनले दोस्रो
विश्वयुध्दका विजयी शक्तीसँग ,,२ जोड ४,, बातचितमा सहभागिता जनाए। भरखरै
मेक्केलले ब्रुसेल्समा ब्याङ्ग्यात्मक रूपमा टिप्पणी गरे, ,,यदी पहिले
देश रहँदा उनीहरूले अफ्ना प्रशस्त खनीज स्रोतको प्रयोग गरी अझ स्वतन्त्र
बन्ने प्रयास गरेका भए सायद अज सर्बहरू अझ सम्पन्न हुने थिए होला।,, जब
बेवास्ता गरी जोडिएको जर्मन एकीकरण  सन्धीका न्यूनताका बारेमा सोधियो,
मेक्केलले उम्कने कोसिस गरे। अन्तरिक मन्त्री, वोल्फगाङ्ग शइबले हतासमा
यस सम्धीलाइ एक ,,तातो सुइ,, र स्टासी सहेका जर्मन राजनिज्ञसँग जोडिदिए।
विदेशमन्त्री भएका नाताले मेक्केल भन्छन्, ,,यो एकीकरण सन्धी वास्तवमा
मेरत्र रूची थिएन।,,

तसर्थ पूर्ख्यैली सर्बियन जग्गा जमीनको मालिक को हुन्छ भन्ने प्रश्न,
जसलाइ पुर्व जर्मनीका सरकारी कार्यकर्ताद्वारा उपेक्षित गरियो, अज पनी एक
केन्द्रित विषय भएको छ।  लुसाटियाको जग्गा र प्राकृतिक स्रोतका हकदार
मालिक को हुन्? हतासमा दिइएको उत्खनन अधिकारका बैधानिकताका बारेमा यो
महत्वपूर्ण प्रश्न अजसम्म अनउत्तरित छ।



मोनता मृत्यु हो, वचन खजाना हो

सर्बियेली राष्ट्रिय प्रकाशन सदनका प्रमूख, मार्का मासिजोवा
सर्बियन-जर्मन भाषा शक्षाका अधारभूत कार्यमा ध्यान दिन्छन्। ,,अमाबुवाले
अफ्ना सन्तानलाइ हस्तान्तरण गरे मात्र सर्बियन भाषा जीवित रहन सक्छ।
त्यसै गरी जर्मनहरूले सर्बियन संस्कृतिलाइ अफ्नै संस्कृतिको एक सम्पन्न
पक्ष मानी सर्बियन संस्कृतिको खोज र सम्मान गर्न सिक्नु पर्छ।,, भनी माग
गर्छन् मासिजोवा। यसै गरी सर्बहरूले बर्लिन, प्राग र ब्रुसेल्ससँग
राजनीतिक सम्बन्ध स्थापना गरेका छन्। युरोपेली संघका राष्ट्रपति,जेर्जी
बुचेक यस साल कोटबुसमा भएको सर्बियली सङ्गीको अन्तराष्ट्रिय सम्मेलनका
संरक्षक बन्ने कुरामा सहमत भए। युवावस्थामा बुचेकले सिलेसियामा पिलिश
एक्यबध्य क्रान्तीलाइ राजनीतिक भूमीबाट सङ्गठित गरे।



सहयोग अरू स्रोतबाट अउन सक्छ। कृषी केन्द्रिय अधिकारी, रोमानियाका
डासियान सियोलोस अहिले युरोपेली संघको कृषीको पुनर्संरचना गर्दै छन्।
युरोपेली कृषीलाइ विकेन्द्रिकरण गरी यसलाइ अझ हरियो बनाउनु उनको उद्येश्य
हो। यी युरोपेली संघ सुधारलाइ अंशिक रूपमा मात्र लागू गरिएमा, लुसाटिया
क्षेत्रका लागी एक दिगो धक्का पुग्ने थियो। सोह्र सताब्दीभन्दा बढी
समयसम्म लुचिका क्षेत्रमा सर्बिएली बोलिन्थ्यो र गाइन्थ्यो। निष्ठुर
कोइला शोषणले सर्बिएली संस्कृति प्रकट भएको भूमी नष्ट बनाइरहेको छ।






Buckingham Palace Gates open for Sorb Delegation - Jan Nuk, Tomaš Kappa (2002)



















बक्किङघम दरबारको स्वागतमा यान नुक र लेखकले ,,ड्वे लुबोस्की या माम,, (म
अफूमा भएको दुइ प्रेम) नामक निलो किनारा भएको एउटा सानो किताब हस्तान्तरण
गरे। यो किताब सर्बियन भाषामा सेक्सपियरको ,,सोन्नेट्स,, हो। जर्मन
दर्शनशास्त्री, पिटर स्लोटेरडिज्कलाइ ध्यानमा राख्दा पनी यो भन्न सकिन्छ
की, जर्मन र सर्बहरूले अब सँगै संयुक्त जीवन बाँच्ने विधीको अभ्यास गर्न
सिक्नु पर्छ। यो संयुक्त जीवन बाँच्ने विधी अवश्य सबैभन्दा पर्याप्त र
अझसम्म अविष्कार नभएको लुसाटियाको खजाना हो। लुसाटिया अझ पनी एक
सार्वलोकिक स्वच्छप्राविधीक देश बन्न सक्छ। व्याङ्ग्यात्मक रूपमा जर्मन
बहुमतले पनी यस परिवर्तनबाट लाभ पाउने थियो।


अफ्नो जीवनको अन्त्यकालमा मात्र मेरा बुवाले फेरी सर्ब बोल्नुभएको थियो।
उहाँ बित्नुभएपछि मैले उहाँको कफी टेबुलमा एक रसिद भेट्टाएँ। उहाँको कोठा
छिटै कसैको अगमनको अशा भए जस्तो गरी सफा गरिएको थियो। यस रसिदमा बुवाले
दुइ वाक्य मात्र लेख्नु भएको थियोः ,,विटाच्सी के नाम,, (न्यानो स्वागतम)
र तल सर्ब भाषामाः ,,घर फर्किनेलाइ अषिर्वाद,,








* Article "Schatzjagd im Sorbenland”, Treasure Hunt in Lusatia," published
  by Pogrom-Magazine of the "Society for Threatened Peoples –
  Gesellschaft für bedrohte Völker“, Ralph Th. Kappler / Tomaš Kappa,  
  Göttingen 2012
 


*  Press Release: Sorbian Delegation at the London based Foreign Press Association
   Joint statement of HALO ENERGY and DOMOWINA, London 2002 

   https://independent.academia.edu/RalphThomasKappler


* Sorbian Wendish EU Memorandum to EU-President José Manuel Barroso,
   Sorbisches EU Memorandum an EU Präsident
José Manuel Barroso, 
  
Brussels / Budyšin / Bautzen, 7th of June 2012   

   https://independent.academia.edu/RalphThomasKappler


* Ralph Th. Kappler / Tomaš Kappa founded the
HALO ENERGY
  CleanTech communications network in 2002 in London. 


 
MORE INFORMATION  ON SORBIAN LUSATIA




Institucije | Institutionen | Institutions
 
Ludowe nakładnistwo Domowina/
Domowina-Verlag Bautzen/
Domowina People's press


Łužiska Alianca – Lusatia Alliance - Lausitzer Allianz









Kubłanje & šule | Bildung & Schulen | Education & schools





Towarstwa & organizacije | Vereine & Organisationen | Associations





  



Medije | Medien | Media 




 



RUNJEWONLINE.info - Swobodny online-magacin
Upper Sorbian free online-magazine


Wikipedija - hornjoserbsce Wikipedia - obersorbisch 

HALO ENERGY